समाज

ट्रक दुर्घटनामा दुईको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए। उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ।

गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए। मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ। दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस 

प्रकाशित: २३ मंसिर २०७८ ०६:०१ बिहीबार

ट्रक दुर्घटना