समाज

चौतारी उपत्यकामा पदाधिकारी चयन

प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ। सो कमिटीको अध्यक्षमा हेमराज सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, केन्द्रीय सदस्य सञ्चिता घिमिरेको उपस्थितिमा आज केन्द्रीय कार्यालय न्यू प्लाजामा सम्पन्न उपत्यकाको पदाधिकारी बैठकले उक्त जिम्मेवारी तोकेको हो।

केन्द्रीय अध्यक्ष बस्नेतले सङ्गठनको नवौँ राष्ट्रिय महाधिवेशन तोकिनुपूर्व सदस्यता विस्तार र नवीकरण कार्य पूरा गरी दुई महिनाभित्र प्रदेश र जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको बताए।

प्रकाशित: २० मंसिर २०७८ १४:४६ सोमबार

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटी