समाज

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।

जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ। सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ। वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले  भने, पानी परेकाले ज्यादै खुसी छौँ।'सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन्। सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ।'

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई राहत मिलेको छ। हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ। फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ। रासस

प्रकाशित: १७ मंसिर २०७८ ०८:३७ शुक्रबार

जुम्ला किसानलाई राहत वर्षा