समाज

ट्र्याक्टर दुर्घटना श्रीमान्को मृत्यु, श्रीमती घाइते

आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ। श्रीमती घाइते भएकी छिन्।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ। 

उनकी श्रीमती सपना विक घाइते भएकी छिन्। उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र)आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए। 

प्रकाशित: १७ मंसिर २०७८ ०४:५० शुक्रबार

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ट्र्याक्टर दुर्घटना चालक गोपाल विकको घटनास्थलमै मृत्यु