समाज

बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाघको आक्रमणबाट आइतबार ६२ वर्षिया पुरुषको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–४ राजिपुरका लुराम थारुको ज्यान गएको हो। दिउँसो ३ बजेर ४५ मिनेटको समयमा पाटेबाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुन्जका सूचना अधिकारी मुकुन्द सन्जेलले जानकारी दिए।

आइतबार थारु मध्यवर्ति क्षेत्रमा बस्तुभाउ चराउन गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको हो। थारुको शव घटनास्थलमै फेला परेको सूचना अधिकारी सन्जेलले बताए। बाघले आक्रमण गरेको जानकारी पाउना साथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

प्रकाशित: १२ मंसिर २०७८ १५:०५ आइतबार

बाघको आक्रमण