समाज

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित विराटनगर महानगरपालिका–१३ स्थित नहरबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी रहेको प्रहरीले जनाएको छ।

भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा शनिबार साँझमा पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी, लागूऔषध मुद्दामा साजय तोकी फरार भएका सुनसरी इटहरी उपमहानगरपालिका–१ का ४२ वर्षीय रामप्रवेश बिकलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। ०७५ फागुन १५ गते मोरङ जिल्ला अदालतबाट बिकलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो।

खोजतलासका क्रममा पक्राउ परेका बिकलाई मोरङ अदालतमा पेश गरी सजाँय भुक्तानका लागि मोरङ कारागार पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०९:३६ आइतबार

विराटनगर महानगरपालिका लागूऔषध