समाज

आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

फाइल तस्बिर

चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियो।

आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ। घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ।

शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ। रासस

प्रकाशित: १२ मंसिर २०७८ ०६:१५ आइतबार

बालबालिकाको मृत्यु