समाज

फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा तार व्यवस्थापन गर्न थालियो

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ र ५ क्षेत्रमा रहेका बिजुली सहितका अन्य तारहरुलाई व्यवस्थित गर्न थालिएको छ। फुङ्लिङ नगरपालिका, विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्र र नेपाल टेलिकम ताप्लेजुङबाट तारहरु व्यवस्थापनको कार्य भइरहेको फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बूले बताए।

व्यवस्थित गर्ने काम नसकिउञ्जेल अब प्रत्येक साताको शुक्रबार यो कार्य गरिने छ। फुङ्लिङ बजारमा प्रत्येक साताको शुक्रबार बजार हुन्छ। त्यहि मौका पारी मंसिर १० गते शुक्रबारबाट यो कार्यको थालनी गरिएको वडाध्यक्ष लिम्बूले बताए।

शुक्रबार भानु जनमावितर्फ झर्ने बाटो छेउ सम्मको भागको तारलाई व्यवस्थित गर्ने कार्य सकिएको समेत उनले जानकारी दिए। साँघुरो बजार क्षेत्र, काठ र टिनले बनेका घर, असरल्ल परेका विद्युत सहितका तार र पुराना विद्युतीय खम्बाका कारण जोखिम हुने ठानिएका क्षेत्रमा तार व्यवस्थापनको कार्य थालिएको हो।

प्रकाशित: ११ मंसिर २०७८ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App