समाज

बलात्कारका अभियुक्त पक्राउ

बलात्कारको आरोप लागेका एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। गत भदौ ५ मा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ७ नोकैल्वाका ३८ वर्षीय श्यामसुन्दर यादवले स्थानीय एक युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। होहल्ला भएपछि सोही दिनदेखि फरार अभियुक्त यादवलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बलात्कार गर्ने प्रयास गरेको अभियोग लागेका यादवलाई सर्लाही प्रहरीले सर्लाही जिल्ला अदालतमा पेश गरी पहिलोपटक अनुसन्धानको लागि पाँच दिनको म्याद लिएको छ। घटना र अभियुक्तको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७८ १३:१२ मंगलबार

बलात्कार