समाज

सशस्त्र प्रहरीद्वारा अबैध कपडा बरामद

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अबैध सामान सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो।

प्रहरीले फेन्सी कपडा, प्लाष्टिक झोला, डिएपी मल र मोर्टर पार्टस्का सामान गरी करिब ४ लाख ३० हजार ५ सय ४६ रुपैयाँ बराबरको सामान बरामद गरेको छ। बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८ ११:११ मंगलबार

सशस्त्र प्रहरी बल