समाज

बस दुर्घटनामा युवकको निधन

उदयपुरमा मंगलबार बस दुर्घटना हुँदा एक यात्रुको निधन भएको छ। गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

गाईघाट-कदमाहा सडक खण्डको त्र्रियुगा नगरपालिका ६ चुरे जंगलमा विहान ५:५० बजे लडेर गम्भीर घाईते शर्माको उद्धार गरी जिल्ला अस्दपतालमा उपचार गर्मान ल्याइएकोमा ६स्४५ बजे उपचारकै क्निरममा निधन भएको प्रहरीले जनाएको छ।

बस र बस चालक  त्रियुगा नगरपालिका  १२ बस्ने ३७ वर्षीय मोहम्दम उल्फतलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८ ०६:२३ मंगलबार

बस दुर्घटनामा परी युवकको निधन