समाज

गाँजासहित एक जना पक्राउ

मोरङको रंगेली नगरपालिकाबाट गाँजासहित टेम्पो चालकलाई प्रहरीले पक्राउ गरेको छ। रंगेली–१ स्थित विशाल बजार चोकबाट प्रहरीले को १ ह ८४०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।

शनिबार राति ८ बजेतिर शंका लागि चेक गर्दा टेम्पोबाट गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार गाँजासहित टेम्पो चालक मोरङको बेलबारी नगरपालिका–३ का बुद्धराज राईलाई पक्राउ गरेको छ।

पक्राउ परेका राईका विरुद्ध लागूऔषध कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७८ १३:३३ आइतबार

रंगेली नगरपालिका गाँजा