समाज

बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन्। 

बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन्।

स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ। रासस

प्रकाशित: २ मंसिर २०७८ ०८:१२ बिहीबार

बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते