समाज

प्रधानन्यायाधीशले ताेके सबै खाले मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। 

उनले नौवटा इजलासमा पेसी तोके पनि  आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन्।तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा  एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।  

प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको  आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो। रासस

प्रकाशित: २ मंसिर २०७८ ०६:३७ बिहीबार

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा