समाज

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आवहान गरेको बन्दका दिन खुला रहेको विराटनगर बजार। तस्बिरः चुमन/नागरिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा गरिएको बन्दका यातायात, शैक्षिक तथा औद्योगिक क्षेत्रमा प्रभाव परेको छ। 

बन्दका कारण विराटनगरलगायत जिल्लाका विभिन्न क्षेत्रबाट चल्ने सार्वजनिक यातायातका लामो तथा छोटो दुरीको सवारी चलेका छैनन्। निजी चार चक्के सवारी र मोटरसाइल चलेका छन्। बजार क्षेत्र खुला रहे पनि सार्वजनिक यातायातका सवारी नचलेको मोरङ प्रहरीले जनाएको छ।

बन्दमा जिल्लामा कुनै पनि अप्रिय घटना नभएको  शान्तिपूर्ण रहेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए। लामो दूरीका सवारी साधनलाई ‘स्कर्टिङ’को व्यवस्था गर्दै प्रहरीले गन्तव्यसम्म पुर्‍याएको छ। सुनसरी मोरङ औद्योगिक कोरिडोर, विराटनगर कटहरी औद्योगिक कोरिडोरमा समेत बन्दले आंशिक प्रभाव पारेको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ११:२० मंगलबार

मोरङमा बन्दको आंशिक प्रभाव