समाज

शङ्खधर दिवसः मध्यपुरथिमिमा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीः चाँगुनारायणले दिए विदा

शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको हो। दिवसकै अवसर पारेर काठमाडौंँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्कको समेत आज उद्घाटन गर्दैछ। काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

हरिबोधिनी एकादशीः चाँगुनारायणले दिए बिदा

त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दै विगत तीन वर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए।

प्रकाशित: २८ कार्तिक २०७८ ०६:५५ आइतबार

सार्वजनिक बिदा