समाज

प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु

भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित सिद्धपोखरीमा शनिबार डुबेर एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलु रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले बताए।

शनिबार साँझ पौने पाँच बजे पोखरीमा डुबेको भन्ने जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी पुगेको थियो। उद्धारपछि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७८ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App