समाज

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ। २ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो। झापाको अर्जुनधारामा ३, दमक र विर्तामोडमा २–२, मेचीनगर, कनकाई र भद्रपुरमा १–१, मोरङको विराटनगरमा ३, सुन्दरहरैचामा २, बुढीगंगामा १ र सुनसरीको धरानमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बिहीबार  ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २६ महिला र २९ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ १२:४४ बिहीबार

कोरोना संक्रमण