समाज

चक्कु प्रहारबाट युवकको मृत्यु

कैलालीको टीकापुरमा दुई समूहबीच भएको झगडामा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ। 

मंगलबार राति ९ बजेतिर लम्कीचुहा नगरपालिका–१ का २२ वर्षिय भूपेन्द्र बडुवालको चक्कु प्रहार गरी हत्या भएको हो।  

टीकापुरस्थित कृषि हाट बजार नजिकै दुई समूहबीच झडप हुँदा घटना घटेको बताइएको छ। बडुवाललाई एक समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बडुवालले बताए।

प्रकाशित: २४ कार्तिक २०७८ ०६:०६ बुधबार