समाज

रोल्पामा हेलिप्याड

लुम्बीनि प्रदेश सरकारको अग्रसरतामा रोल्पाको तिलामा हेलिप्याड निमार्ण भएको छ। आपतकालिन अवस्थामा सर्बसाधारणको उद्यारका लागि भन्दै हेलिप्याड बनाईएको हो। तिहार मान्न गृह जिल्ला रोल्पा आएका लुम्बीनि प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसिले हेलिप्याडको उद्घाटन गरेका हुन्।  

माओवादी लडाकुको सिबिर रहेको तिला क्षेत्रलाई सरकारले पर्यटकिय क्षेत्र बनाउने तयारी गरिरहेको छ। गत वर्ष गोठालो जादा बम बिस्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको स्थानमा निर्माण गरिने सालिकको पनि मुख्यमन्त्री केसिले अनाबरण गरेका छन्। मुख्य मन्त्री भएपछि पहिलो पल्ट गृह जिल्ला आएका केसिले रोल्पालाई पर्यटकिय स्थलका रुपमा बिकास गर्ने बताएका थिए।  

त्रिबेणी गाउँपालिका वडा न. ७ तिलामा प्रदेश सरकारको ७ लाख बजेटमा रोल्पा प्रहरीले  हेलिप्याड तयार गरेको हो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार रोल्पामा १० वटा हेलिप्याड रहेका छन्।

प्रकाशित: १९ कार्तिक २०७८ ०६:२१ शुक्रबार