समाज

अबैध हतियार र नियन्त्रित लागुऔषधसहित युवक पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बिजुवा चोकबाट हतियार(टोय एयर पेस्तोल) र नियन्त्रित लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन्।

मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकर चौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थायी प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  पक्रेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

उनको साथबाट १ थान पेस्तोल, २८ थान काट्रेज, नियन्त्रित लागूऔषध ४२ चक्की स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारेको प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित: १७ कार्तिक २०७८ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App