समाज

बुवाको हत्या गरी फरार छोरा पक्राउ

आफ्नो बुवाको हत्या गरी फरार रहेका झट्केलो छोरा पक्राउ परेका छन्। गत कार्तिक ४ गते आफनो बुवा शिवराज न.पा.–९ भगवानपुर बस्ने बर्ष ४२ को गोरे भन्ने चन्द्रबहादुर थापालाई हत्या गरी फरार रहेका अशोक भन्ने जयन पुनमगर पक्राउ परेका हुन्।

अशोक र उनका साथी शिवराज नगरपालिका ९ भगवानपुरका किरण महराले कुटपिट गरी हत्या गरेका थिए। हत्या गरी उनीहरुले शवलाई बिजयनगर गाउपालिका वडा नं. ५ बनगाईस्थित पोखरीमा फालेर भागेका थिए।

पाखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो। मृतकको पहिचान पछि खुलेको थियो। अशोकले आमालाई खान बस्न नदिएको भन्दै आफनो साथीसँग मिलेर मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपी कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए।

प्रकाशित: १७ कार्तिक २०७८ ११:२० बुधबार

कर्तव्य पक्राउ