समाज

सुनसरीमा कौडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले कौडा खेलिरहेका १५ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

गए राती साढे २ बजे बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरमा कौडा खेलिरहेका जुवाडेहरुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिशेष सूचनाको आधारमा गए राती महेन्द्रनगरका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीले खड्काको घरमा जुवाको खालमा छापा मारेको हो।

प्रहरीले बराहक्षेत्र नगरपालिका ६ का ४८ वर्षीय अगम तामांग, बराहक्षेत्र ८ का ४१ वर्षीय बसन्त राई, ६८ वर्षीय मदन घिमिरे, ४२ वर्षीय विनोद रौनियार, २८ वर्षीय सञ्जु श्रेष्ठ, ४६ वर्षीय भुवनप्रसाद धमला, ३१ वर्षीय प्रमोद साह हलुवाई र ३४ वर्षीय प्रदिप साह हलुवाईलाई पक्राउ गरेको छ। यस्तै, ३० वर्षीय विजयकुमार साह, ४० वर्षीय जयनारायण मण्डल, ५९ वर्षीय खेमराज गौतम, ६० वर्षीय मुकुन्द अधिकारी, ३८ वर्षीय संयज साह, ४८ वर्षीय केशव दाहाल र ५४ वर्षीय टेकेन्द्र कार्की रहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीले जुवाको खालबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसमेत बरामद गरेको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए। पक्राउ परेकाहरुलई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App