समाज

आज पनि कानुन व्यवसायीको सर्वोच्च परिसरमा प्रदर्शन

फाइल तस्बिर

नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले आज दोस्रो दिन पनि कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्।  सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन्। आन्दोलनरत उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गरेका छन्।

हिजो पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ। उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेका थिए।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७८ ०६:४८ सोमबार

आज पनि कानुन व्यवसायी सर्वोच्च परिसरमा प्रदर्शन