समाज

कानून व्यवसायीद्वारा सर्वोच्चमा प्रदर्शन (फोटोफिचर)

 नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। 

उनीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियाे।

बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेका थिए। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७८ ०६:४७ आइतबार

सर्वोच्चमा प्रदर्शन (फोटोफिचर)