पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा गरि सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
यस्तै सोही क्रममा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित: १२ कार्तिक २०७८ १०:०९ शुक्रबार