समाज

प्रधान सेनापति महारथी शर्मा भारत भ्रमणमा जाँदै

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।

भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने कार्यक्रम रहेको नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भ्रमणको क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। 

उनले आफ्ना समकक्षी नरवणे लगायत भारतीय सेनाका अन्य अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। भ्रमण सकि उनी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: १२ कार्तिक २०७८ ०८:५३ शुक्रबार

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाँदै