समाज

जसको सवाल, उसको अगुवाई

तालिम कार्यक्रम।

‘जसको सवाल, उसको अगुवाई’ भन्ने नाराका साथ तिन दिने तालिम सम्पन्न गरिएको छ। रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका र बाफीकोट गाउँपालिकाका युवाहरुलाई नेतृत्व बिकाश र सहजीकरण सिप सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हो। महिला पुनर्स्थापना केन्द्र (ओरेक) रुकुमको आयोजनामा उक्त कार्यक्रम मुसीकोटमा सम्पन्न गरीएको थियो।

अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको ओरेक रुकुमले समाजमा रहेको लैगिक विभेदहरुलाई उन्मुलन गर्न, लागुपदार्थ दुर्व्यसनीको बारेमा सचेतना जगाउन र द्वन्द्व र हिंसा न्यूनीकरण गर्न युवाहरुलाई सक्रिय रुपमा अगाडि बढाउनको लागि तालिम आयोजना गरिएको बताएको छ।

उक्त कार्यक्रममा लैंगिक हिंसा तथा महिलामाथि हुने हिंसाका सवाल, द्वन्द्वले समाजमा पार्ने प्रभाव, द्वन्द्व र द्वन्द्व व्यवस्थापन, लागु पदार्थ दुर्व्यसनी तथा नेतृत्व र सन्चार सीप लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा महिला मानव अधिकार रक्षक सन्जालको अध्यक्ष कल्याणी खड्का, राजु लामिछाने, रुकुम प्रहरी प्रमुख ध्रुबकुमार श्रेष्ठ, पत्रकार मेघ राज खड्का लगायतले सहजीकरण गरेका थिए।

कार्यक्रममा २८ जना युवाहरुको सहभागिता थियो। उनीहरुले यो कार्यक्रम पश्चात समुदायमा बालविवाह अन्त्य गर्न, महिला हिंसा न्यूनीकरण गर्न, सामाजिक द्वन्द्व व्यवस्थापन गर्न र लागु पदार्थ दुर्व्यसनीका कुराहरुलाई समुदायमा सचेतना फैलाउनको लागि ६ महिने कार्य योजना निर्माण गरेका छन्। कार्य योजना निर्माण गरेका युवाहरुले म आफै परिवर्तन भइ मेरो घर परिवार समाजको सोच परिवर्तन गर्नमा हामी लाग्ने छौ भनि सामूहिक प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ११ कार्तिक २०७८ १४:५० बिहीबार