समाज

९४ तोला चाँदीसहित पक्राउ

मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार राति साढे ७ बजे रतुवामाई–३ स्थित छालगाछीबाट ९४ तोला चाँदीसहित सोही ठाउँका ३० वर्षीय धर्वेन्द्र शर्मालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपाल आउँदै गर्दा ९४ तोला चाँदीसहित शर्मा पक्राउ परेका हुन्।

पक्राउ परेका शर्मालाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७८ १४:३४ बुधबार

नगरपालिका विराटनगर अस्पताल