समाज

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ। 

प्रजिअ महतोको आइतबार गृह मन्त्रालयमा काज सरुवा गरिएको हो। सशस्त्र प्रहरीको मनुसमारा बेसकैम्पमा तास खेलेको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी महतोसहित सर्लाहीका सुरक्षा प्रमुखलाई अन्यत्र सरुवा गरिएको छ। आइतबार एकै दिन सर्लाहीका एसपी सन्तोष सिह राठौरलाई तानेर उनको ठाउँमा कृष्ण प्रसाद प्रसाइलाइ खटाएको छ।

त्यसैगरी सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख गङ्गाराम श्रेष्ठको ठाउमा भरत खनियालाइ खटाएको छ।

प्रकाशित: ८ कार्तिक २०७८ ०५:५८ सोमबार

गृह मन्त्रालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सिडियोको सरुवा