उदयपुर - मजदुरहरुले अघिल्लो दिनदेखि गर्दै आएको बन्द आज मध्यान्हदेखि खुलेको छ। स्थानीय शान्ति समितिको पहलमा विहान ८ बजेदेखि भएको मजदुर र प्रशासनबीचको वार्तामा मजदुरका समस्याबारे तत्काल सर्वपक्षीय छलफल डाकेर निकास निकाल्न पहल गर्ने सहमति भएपछि मजदुरहरु बन्द फिर्ता लिन राजी भएका हुन्। नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा भएको आइतबार विहानदेखिको बन्दमा प्रहरी हस्तक्षेप भएपछि सोमबर पनि बन्द आब्हान गरेका थिए। आइतबार दिउँसो भएको प्रहरी हस्तक्षेपका क्रममा दोहोरो झडप हुँदा मजदुर नेता शशीकुमार राईसहित चार मजदुर र तीन प्रहरी घाइते भएका थिए।
प्रकाशित: ९ भाद्र २०७१ ०२:१५ सोमबार