समाज

बाढीपीडितद्वारा आम हडतालको घोषणा

भीमदत्तनगर- दार्चुलाका बाढीपीडितले विभिन्न माग राखी आज एकदिने दार्चुला जिल्ला बन्द आह्वान गरेका छन्।

बाढीपीडितलाई सरकारले क्षतिपूर्ति दिनुका साथै पुनःस्थापना गर्न बेवास्ता गरेको भन्दै दार्चुला बाढीपीडित सङ्घर्ष समितिले जिल्ला बन्द आह्वान गरेको हो।  

बाढीपीडितले जिल्ला बन्दका क्रममा बिहानैदेखि नेपाल भारतको सीमा नदी महाकालीमा रहेको झोलुङ्गे पुलमा समेत दुई घण्टा आवागमन ठप्प पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीले दिएको जानकारीअनुसार झण्डै डेढ/दुई सयको हाराहारीमा आन्दोलित भएका बाढीपीडितले एक दिने दार्चुला हडताल आह्वान गरेका छन्। बाढीपीडितको बन्दका कारण क्याम्पस, बजार, व्यवसाय ठप्प छ भने सरकारी कार्यालय पनि उनीहरुले एकदिनका लागि ठप्प पार्ने बताएका छन्।

बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष गोपाल सिंहले बाढीपीडितलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका बताए। गत वर्ष असार पहिलोसाता महाकाली नदीमा आएको विनासकारी बाढीले दार्चुला सदरमुकाम खलङ्गाका १५८ घर बगाएको थियो भने बाढीबाट दुई सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

प्रकाशित: ९ भाद्र २०७१ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App