समाज

विराटनगर विमानस्थल जलमग्न (फोटोफिचर)

तस्बिरः चुमन बस्नेत

निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ। केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि विमानस्थल जलमग्न भएको हो ।  

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटर लगायत अधिकांश भाग जलमग्न छ। रन–वेदेखि कर्मचारी र सुरक्षाकर्मीका क्वार्टरसम्मै पानी पसेको छ।

प्रकाशित: ३ कार्तिक २०७८ ०७:४५ बुधबार

विराटनगर विमानस्थल बाढी