समाज

मेची राजगमार्ग अवरुद्ध

इलाम सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर छिनेको मेची राजमार्ग । तस्बिरः भीम/नागरिक

दर्जनौं ठाउँमा पहिरो जाँदा मेची क्षेत्रको लाइफलाइन मानिएको मेची राजमार्ग अवरुद्ध छ। पहिरोले राजमार्ग नै बगाउँदा र माथिबाट झरेको पहिरोले बाटो थुन्दा सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ।  

सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर केही सातायता अवरुद्ध मेची राजमार्ग अब पूरै छिनेको छ। करिब २० मिटर सडक नै पहिरोले झरेपछि अवरुद्ध राजमार्ग गएराति पूरै बगेको स्थानीय ईश्वरी तामाङले बताए।

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। 

पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको थियो। बाँकी भाग पनि चिरैचिरा परेको थियो। बाढी–पहिरोले जिल्लामा ठूलो धनजनको क्षति गरेपनि विवरण आउनेक्रम जारी रहेको एसपी एसपी श्रेष्ठले बताए। पहिरोले दर्जनौं ग्रामीण सडक अवरुद्ध छन्। बालीनालीमा क्षति पुगेको छ। इलामलगायत पहाडी जिल्लामा गएरातिदेखि विद्युत् सेवासमेत अवरुद्ध छ।  

प्रकाशित: ३ कार्तिक २०७८ ०७:०५ बुधबार