समाज

आजको मौसमः देशभर सामान्य बदली रहने, हिमपातको समेत सम्भावना

फाइल तस्बिर

आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश न १, प्रदेश नम्बर २ र बाग्मती प्रदेशमा सामान्य बदली भई गण्डकी र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश नम्बर २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ।  

सोमबार समेत देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ।  

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालको मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको हो। 

प्रकाशित: ३१ आश्विन २०७८ ०२:०२ आइतबार

आजको मौसम