समाज

घान्द्रुकमा जीप दुर्घटना, आठ जनाको मृत्यु

पोखराबाट पर्यटकीय गाँउ घान्द्रुक हिडेको जीप घान्द्रुकको कलाभीर मा दुर्घटना हुँदा चालकसहित आठ जनाको निधन भएको छ। एकजना घाईते भएका छन्। अन्नपूर्ण गाउँपालिका–१० को कलाभीर मा जीप दुर्घटना परेको हो।  

सोमबार दिउँसो पोखराको हरिचोकबाट घान्द्रुकको लागि प्रस्थान गरेको ग१ ज६९०० नम्बरको जीप दिउँसो करीब साढे दुई बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार जीपमा ९ जना सवार थिए। एकजना सामान्य घाईते भएका छन्। अन्य ८ जना भने गम्भीर घाईते भएको उनको भनाई थियो।

यद्यपी स्थानीयको भनाई अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। आन्तरिक पर्यटक सवार उक्त जीपमा ८ जना यात्रु थिए। यद्यपी पूर्ण जानकारी भने प्राप्त भईसकेको छैन।

प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटिरहेका छन्। स्थानीय किसम गुरुङका अनुसार घान्द्रुक नजिकैको भीरबाट जीप तल खसेको हो। जीप करिब १ सय मिटर तल खसेको उले बताए। उनका अनुसार दुर्घटनास्थलबाट घान्द्रुक गाउँमा करिब २० मिनेटमा हिडेर पुगिन्छ।  

प्रकाशित: २५ आश्विन २०७८ १०:११ सोमबार

जीप दुर्घटना घान्द्रुक गाउँ