समाज

पिण्ड सेलाउन गएका व्यक्तिको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षीय पुर्णबहादुर दराईको नदीले बगाउँदा मृत्यु भएको छ। मंगलबार दिउँसो श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मर्स्याङदी नदीमा पुगेका उनी बेपत्ता भएका थिए।

बुधबार बिहान उनको खोजतलास गर्दा पिण्ड बगाएको ठाउँबाट केही तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए। 

नदीमा बेपत्ता भएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीय प्रहरीको टोलीले खोजी गर्दा शव फेला पारेको हो। 

प्रकाशित: २१ आश्विन २०७८ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App