समाज

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ। जसकारण घाम झुल्किन सकेको छैन। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण  यस्तो भएको हो। दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा  छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षाको आँकलन गरिएको छ। प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने ठानिएको छ।

प्रकाशित: २० आश्विन २०७८ ०१:३९ बुधबार

मौसम पूर्वानुमान महाशाखा