समाज

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

रुपन्देहीमा आइतबार राती खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ। रुपन्देहीको शुद्धोधन ३ फर्साटिकरमा रहेको एक प्लाई उद्योगमा कार्यरत भारतीय कामदार रवि सिंहले सोही उद्योगमा कार्यरत २२ बर्षीय अवधेश हरिजनको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।  

मृत्तक हरिजन पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका ३ का हुन्। खुकुरी प्रहारबाट अवधेशका बाबु  गोपिचन्द हरिजन पनि घाइते भएका छन्। माधक पदार्थ सेवन गरी झैझगडा चलेपछि सिंहले अवधेश र उनका पिता गोपालचन्द माथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका अवधेशलाइ उपचारकालागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते गोपालचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने रवि सिंह पनि घाइते भएको र उनको पनि प्रादेसिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सत्यनारायण थापाले बताए। सिंहलाइ नियन्त्रणमा लिएर घटनको थप अनुशन्धान गरीरहेको प्रहरीले जनाएको छ।  

घटनामा संलग्न सिंह अन्य दिन छुट्टै सुत्ने गरेपनि गएराती अवधेशसहितका साथीहरुसंगै सुत्न भन्दै आएको तर नसुतेर होहाल्ला गरेपछि भनाभन हुँदा सिंहले खुकुरी प्रहार गरेको उद्योगका अन्य कामदारहरुले बताएका छन्।

प्रकाशित: १८ आश्विन २०७८ ०६:२४ सोमबार

एक जनाको मृत्यु रुपन्देहीमा खुकुरी प्रहारबाट