समाज

बैतडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना

बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ३ र ४ को सीमा मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

प्रहरी हवलदारको नेतृत्वमा ६ जनाको टोली अस्थायी प्रहरी चौकीमा रहने छन्। पुर्चौडी नगरपालिकामा पुरघाट प्रहरीचौकी र अस्थायी प्रहरीचौकी ढोल्यामोड मात्र रहेकाले प्रहरीहरुलाई शान्ति सुरक्षा कायम गर्न भौतिक कठिनाइ हुने गरेको थियो। शनिबार एक कार्यक्रमकाबीच उद्घाटनसमेत गरिएको छ। प्रहरीचौकी उद्घाटनमा मेयर रणबहादुर कुवँर, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रमेशबहादुर पाल लगायत रहेका थिए।

बैतडीमा ४ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन्। अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको विणेश्वर माविका प्रअ विरेन्द्र कुँवरले बताए।  

प्रकाशित: १६ आश्विन २०७८ ११:४६ शनिबार

प्रहरी चौकी