समाज

पुरुषको शव फेला

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ। बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षीय छोरा माधव बेल्वासेको शव फेला परेको हो।

कोईली बनगाईदेखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कर्ल्भट मुनि बेल्वासेको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक निदेश गुरुङले बताए। कर्ल्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ।  

पूर्व भारतीय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने परिवारले जनाएको छ। शव पोष्टमार्टमका लागि तौलिहवा लगीएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७८ ११:२७ शनिबार