समाज

काठमाडौँमा मेला, महोत्सव, सभा–जुलुसमात्र हैन, भोजमा समेत रोक

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले आदेश जारी गर्दैै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ।  

आदेशमा भनेको छ– ‘कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्को) निर्णय, संक्रमक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८ असोज १४ गते १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तपसिल बमोजिम गर्न–गराउन सर्वसाधारण सबैको लागि अनुरोध छ।’

प्रकाशित: १४ आश्विन २०७८ १०:३३ बिहीबार

जिल्ला प्रसाशन कार्यालय कोभिड–१९