समाज

कमलपोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडेस्थित कमलपोखरीमा डुवेर ६ वर्षीय एकजना बालकको मृत्यु भएको छ। खोटाङ जन्तेढुंगा गाउपालिका घर भई हाल बोडेस्थित पाटीमा बस्ने बर्ष २६ को रमेश खड्काको छोरा बर्ष ६ को रोसन खड्का पोखरीमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

स्थानीयले देखेर बालकलाई पानीबाट बाहिर निकाली प्रहरीलाई खबर गरेपश्चात वृत्त ठिमीबाट प्र.स.नि राजकुमार दनुवारको कमाण्डमा टोली खटिई गई तत्काल उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। 

नागरिक अस्पतालमा वृत्त ठिमिबाट प्र.नि रबिन्द्र खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। घटना  सम्बन्धमा थपः अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १३ आश्विन २०७८ १२:०२ बुधबार

कमलपोखरीमा डुबेर बालकको मृत्यु