समाज

लुप्राङमा दशकौंदेखि पानीकाे समस्या, दुषित पानी पिउन बाध्य स्थानीय

स्थानीय सरकारकाे बेवास्ता

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ लुप्राङमा दशकौँ देखि पानीको समस्या रहंदै आएको छ। त्यहाँका स्थानीयले परम्परागत रुपमा जस्तै दुषित कुवाको पानी पिउन बाध्य छन्। सरकारको बेवास्ताका कारण लुप्राङका स्थानीयले दुषित पानी पिउन बाध्य भएका हुन्।

जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकारले उचित पहल नगर्दा समस्या भोक्दै आएको स्थानिय नारान चपाँइकाे गुनासो छ। उनले भने, स्थानीय सरकार आएदेखि नै हामीले निरन्तर दाबाव दिइ रह्यौ तर कार्यकाल सकिँदासम्म पनि सुनुवाई भएन।  

वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौं। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी वितरण गरिसक्छौ,' उनले भने।  

सामाजिक सञ्जालको एक ग्रुपमा स्थानीय युवाले पानीको समस्याको बारेमा लेखे पश्चात त्यस ग्रुपमा आवद्ध देश विदेशमा रहेका युवाहरुले फेसबुकमा रहेको वडा अध्यक्षको तस्बिरमा लुप्राङ बासीलाई कहिले पानी पिलाउने ? भनेर प्रश्न गरिरहेका छन्। जिसीको फेसबुक प्रोफाईल तस्बिरमा लुप्राङबासीलाई कहिले पानी पिलाउन भनेर ‘कमेन्ट’ गरिएको छ।

२१ औँ शताब्दीमा पनि खानेपानीको समस्या भोग्नु निकै दुखद रहेको भन्दै वडाअध्यक्षको कमेन्ट बक्समा प्रश्न गरेको युवाहरुले बताएका छन्।

प्रकाशित: १३ आश्विन २०७८ ०९:५६ बुधबार

लुप्राङमा दशकौंदेखि पानीकाे अभाव दुषित पानी पिउन बाध्य स्थानीय