समाज

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरधाम। तस्बिर: नागरिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो छापा मारेको छ। टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजपत्र लिएको छ।

प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकलमा अनियमितता भएको उजुरु उपर छानविनका लागि सम्बन्धित कागजात लिन छापा मारेको अख्तियार स्रोतले बतायो। टोलीले मुख्यमन्त्री कार्यालयबाट साइकल खरिद सम्बन्धि सम्पूर्ण कागजात लिएर अनुसन्धानका लागि केन्द्रमा पठाउने जनाएको छ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले अख्तियारको छापाबारे अनविज्ञता प्रकट गरे। उनले भने, ‘म मधेस भवन (मुख्यमन्त्री निवास) तिर छु। भर्खरै थाहा पाएको छु, उनले भने।’

प्रकाशित: १३ आश्विन २०७८ ०८:३१ बुधबार

अख्तियारको छापा मुख्यमन्त्री कार्यालयमा