समाज

भेरी अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाँके, बैजनाथका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  

बैजनाथ गाउँपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको थियो। भेरी अस्पतालमा यही असोज ९ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। सोही दिन अस्पतालमा भर्ना भएका ति पुरुषको स्वास्थ्यमा कुनै सुधार आएन।  

अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यो सँगै बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाका ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रकाशित: १२ आश्विन २०७८ ०३:३३ मंगलबार

भेरी अस्पताल