समाज

थप १ हजार २८२ जनामा कोरोना संक्रमण, सातको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिसिआर र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन्।

प्रकाशित: ११ आश्विन २०७८ ११:३२ सोमबार

कोरोना संक्रमण