समाज

नारायणहिटी भित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच  सिसा फुटाएर चोर्ने प्रयास भएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ।  

शुक्रबार संग्रहालयमा घुम्न पसेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि 'म अब श्रीपेच लगाएर राजा बन्छु' भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।  

उनकाे दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित: ८ आश्विन २०७८ ०९:०८ शुक्रबार

नारायणहिटीभित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ