समाज

आलमको मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ मा राखेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो। यद्यपि सुनुवाइ हुन सकेको थिएन। करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ।

प्रकाशित: ८ आश्विन २०७८ ०६:४३ शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पत्ति शुद्धीकरण विभाग र सर्वोच्च अदालत मोहम्मद आफताव आलम