काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।
बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्। रासस
प्रकाशित: ६ आश्विन २०७८ ०६:५९ बुधबार